लम्कीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । ना२ख ९३७० नम्बरको ट्रकले ठक्कर दिँदा टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको हो ।

महिलाको मृत्यु भएपछि आक्रोसित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका छन् । उनीहरूले पूर्व पश्चिम राजमार्ग पनि अवरुद्ध गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विश्वराज अधिकारीका अनुसार स्थानीयको भिडलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जनबढी अश्रुग्यास प्रहार गरेको छ । तर, पनि स्थिति शान्त बन्न सकेको छैन । अहिले सो स्थानमा सुरक्षाहरू परिचालन गरिएको छ ।

घटनापछि प्रहरीले ट्रक चालक नवलपासीका राजकुमार चौधरीलाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख अधिकारीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार