महाधिवेशनस्थल चितवन पुगे एमाले अध्यक्ष केपी ओली (भिडियो)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १०औं राष्ट्रिय महाधिवेशनका लागि बिहीबार चितवन पुगेका छन् ।

उनी महाधिवेशन उद्घाटनको अघिल्लो दिन बिहीबार विहान ११ बजे भरतपुर आउने कार्यक्रम रहेपनि उनी साढे १ बजे भरतपुर विमानस्थलमा आइपुगेका हुन् ।

उनी अहिले केही बेरअघि भरतपुर विमानस्थलमा अवतरण गरेका छन् । विमानस्थलमा हजारौ नेता कार्यकर्ताहरले ओलीलाई स्वागत गरेका छन् ।

ओली काठमाडौंबाट बुद्ध एयरमा चिवतन गएका हुन् ।  ओली एमाले निकटको नेपाल बुद्धिजिवी परिषद्ले गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार