भीम रावलको विरोधपछि रोकियो ओलीको रात्रिभोज

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १०औं महाधिवेशनमा गर्ने भनिएको रात्रिभोज रोकिएको छ ।

महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्ने अपेक्षासहित अध्यक्ष ओलीले आगामी शनिबार सबै महाधिवेशन प्रतिनिधिलाई चितवनमै रात्रिभोज दिने कार्यक्रम थियो । तर, उपाध्यक्ष भीम रावलले महाधिवेशन प्रतिनिधिलाई प्रभावित पार्ने गरी रात्रिभोज दिन नहुने तर्क गरेपछि स्थगित भएको एक नेताले जानकारी दिए ।

सर्वसम्मत पुनः अध्यक्षमा दोहोरिने अपेक्षा राखेका ओलीविरुद्ध पार्टीमा असन्तुष्ट रहेका रावलले हालै पार्टीको अध्यक्षको पदमा उम्मेदवारी दिएका छन् ।

एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । सो महाअधिवेशन उद्घाटनसत्रमा पाँच लाखको सहभागिता रहने एमालेले जनाएको छ । उद्घाटनसत्र नारायणी नदी किनारमा र बन्दसत्र सौराहामा गर्ने तय भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार