नेपालगञ्ज एयरपोर्टमा बुद्ध एयरको जहाज ‘स्याल’सँग ठोक्कियो

त्रिभुवन विमानस्थलबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको विमान अवतरणको क्रममा ‘स्याल’सँग ठोक्किएको छ ।

प्रहरीका अनुसार एटिआर(७२ विमान बुधबार साँझ ७.०७ बजे नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा ‘स्याल’सँग ठोक्किएको हो । घटनामा यात्रुहरु सकुसल रहेका छन् ।

जहाज कति क्षति भयो भने विवरण आइसकेको छैन । भोलि बिहान बुद्धको टोली गएर मात्रै के क्षति भएको छ भनेर हेर्ने बुद्ध एयरका अधिकारीले जनाएका छन् । यो घटनापछि जहाज उडान-अवतरण भने नरोकिएको अधिकारीले जानकारी दिए ।

यसअघि गत कात्तिक १६ गते पनि सीता एयरलाइन्सको विमानले नेपालगञ्ज विमानस्थलकै धावनमार्गमा बँदेललाई ठक्कर दिएको थियो । १४ यात्रु लिएर सिमिकोटका लागि उड्न लागेको विमानमा बँदेलले ठक्कर दिँदा विमानमा ठुलो प्वाल परेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार