१५ गतेदेखि गोलाप्रथा कार्यान्वयन गर्ने न्यायाधीशहरूको निर्णय

बिहीबार दिउँसो फुलकोर्ट बस्ने

सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठक सकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाहेकका अरु न्यायाधीशहरुको बुधबार भएको छलफलले मंसिर १५ गतेदेखि गोला प्रथाबाट इजलास तोक्ने समझदारी गरेको एक न्यायाधीशले जानकारी दिए ।

अघिल्लो साताको फुलकोर्टले पेसी व्यवस्थापन गोलाप्रथाबाट गर्ने निर्णय गरेको थियो । त्यसलाई १५ मंसिरबाट कार्यान्वयनमा लैजानका लागि सूचना प्रकाशनलगायतका आवश्यक तयारी गर्ने निर्णय आजको बैठकले गरेको हो । न्यायाधीशहरूले यस विषयमा सर्वोच्च प्रशासनका कर्मचारीहरूसँग समेत छलफल गरेका थिए । आज पनि फुलकोर्ट भन्दै बैठक सुरु गरिएको भए पनि अनौपचारिक छलफलका रुपमा टुंगिएको थियो ।

गोला प्रथाबाट इजलास तोक्ने निर्णय गर्न बिहीबार दिउँसो २ बजे पूर्ण बैठक (फूल कोर्ट) बोलाइएको छ । यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको थियो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार