बुधबार थप ३३२ जनामा कोरोना पुष्टि, चार जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७जना गरी ३३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ४०१ पुगेको छ ।

यस्तै, आज थप २३२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप चार जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५१३ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३६९ जना रहेका छन् । जसमध्ये काठमाडौंमा १४४ ललितपुरमा २६ र भक्तपुरमा ११ गरी जम्‍मा १८१ जना काठमाडौं उपत्यकामा कोरोना संक्रमित देखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार