कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक स्थगित भएको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ गोविन्दराजको निधन भएका कारण बैठक स्थगित गरिएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । आजको बैठकमा पेश गर्ने एजेन्डाबारे आइतबार पदाधिकारी र पूर्वपदाधिकारी बैठकसमेत बसेको थियो ।

पदाधिकारी बैठकमा कार्यव्यस्तताको कारण देखाउँदै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल भने अनुपस्थित थिए । अर्को बैठक तय भएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार