सानिमा बैंकद्धारा दिर्घायु बचत खाता अन्तर्गत रु १० लाख दुर्घटना बिमा हस्तान्तरण

सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई रु. १० लाखको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ । यस बैंकका खातावाला श्री राजु लामा तामाङको दुर्घटना भई मुत्यु भएकोले उनको हकवाला श्रीमती कल्पना लामा तामाङज्यूलाई सानिमा दिर्घायु तलब बचत खाता अन्तर्गत रु. १० लाख दुर्घटना बिमा रकम एक कार्यक्रमका बीच प्रदान गरिएको छ । बिमाको रकम श्रीमती कल्पना लामा तामाङलाई सानिमा बैंकका निक्षेप व्यवस्थापन–रिटेलका प्रमुख श्री टंक मणि बराल र बिमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका रामजि ढकालले संयुक्त रुपमा हस्तान्तरण गरे स्वर्गीय राजु लामा तामाङले सानिमा बैंकको कागेश्वरी मनोहरा कार्यालयमा सानिमा दिर्घायु तलब बचत खाता खालेका थिए । सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बिमा, रु ३ लाख सम्मको ६ जटिल रोगको उपचार बिमा, रु ५० हजार सम्मको स्वास्थ बिमा रु १० हजार बराबरको ओपिडि सेवा र ५ हजार सम्मको स्वास्थ परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा ११७ वटा कार्यालय तथा ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार