मंगलबार नेपालमा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु

नेपालमा मंगलबार कोरोना भाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु भउको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या ११ हजार ५०९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ८ हजार ७२९ र एन्टिजेन विधिबाट १ हजार ४४५ नमुना परिक्षण गर्दा ३५१ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १९ हजार ६९९ र एन्टिजेनबाट ९५ हजार ३७० जना पुगेको छ ।

यस्तै, आज थप २७३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ८९० जना पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार