एमाले स्थायी कमिटी बैठक जारी

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक बसिरहेको छ । पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका केहीबेर अघिदेखि ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक जारी रहेको हो ।

एमालेले सोमबार स्थायी कमिटी डाकेको थियो । तर नेताहरुको कार्यव्यस्तता भन्दै बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । आजको बैठकमा १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनको व्यवस्थापन, उद्धघाटन र बन्दसत्रको तयारी, महाधिवेशन प्रतिनिधि मनोनयनलगायत विषयमा छलफल हुने कार्यसूची छ ।

विधानअनुसार कुल महाधिवेशन प्रतिनिधिको पाँच प्रतिशत मनोनित गर्न सकिने व्यवस्था छ । यसरी करिब एक सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि मनोनित हुनेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार