तोलामा १६ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । सोमबार प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार २५५ रुपैयाँ कायम भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार