नेपालले आज भुटानको सामना गर्दै

पहिलो खेलमा हङकङसँग पराजित नेपाली महिला क्रिकेट टोलीले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा भुटानको सामना गर्दैछ ।

मंगलबार दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

पहिलो खेलमा पराजित नेपाल भुटानविरुद्ध पहिलो जितको खोजीमा हुनेछ । सोमबार भएको खेलमा नेपाल कमजोर प्रतिद्वन्दी हङकङसँग ६ विकेटले पराजित भएको थियो ।

दक्षिण एसियाली प्रतिद्वन्दी भुटान भने लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । भुटानले पहिलो खेलमा कुवेतलाई ४० रनले हराएको थियो ।

प्रतियोगितामा ६ टोली रहेका छन् । जसको विजेताले ग्लोबल छनोटमा स्थान बनाउने छ । ग्लोबल छनोटका दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपालले बंगलादेशमा एक साताको प्रशिक्षण गरेर कतार पुगेको थियो । घरेलु टोलीसँग भएको तिन टी–ट्वान्टी खेलमा ‘क्लिन स्विप’ गरेपछि नेपाल छनोट खेल्न युएई प्रस्थान गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार