प्रधानन्यायाधीशलाई पदमुक्त गर्न बारले बुझायो सभामुख सापकोटालाई ज्ञापनपत्र

नेपाल बार एसोसिएसनले सोमबार सभामुख अग्नि सापकोटालाई ज्ञापनपत्र बुझाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन र सर्वोच्च अदालतमा जारी आन्दोलन तथा न्यायालय सुदृढीकरणको माग गर्दै बारले ज्ञापनपत्र बुझाएको हो ।

सोमबार सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर नेपाल बारका पदाधिकारीहरुले जबरालाई पदमुक्त गर्न संसदले सहयोग गर्नुपर्ने बताएका हुन् । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले सडकको दबाबका भरमा राजीनामा दिन्न भनेकाले आफूहरु सभामुखसमक्ष आएको बताए ।

भेटमा बारका कानुन व्यवसायीहरुले सर्वोच्चमा जारी आन्दोलन तथा न्याय क्षेत्रका बेथितीहरुको बारेमा चर्चा समेत गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार