एमाले उपाध्यक्षमा उम्मेदवारी दिने घनश्याम भुसालको तयारी

नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले १० औं राष्ट्रिय महाधिवशेनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

निकट स्रोतका अनुसार भुसालले आफ्ना पक्षका नेता कार्यकर्ताहरूसँगको छलफलपछि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन् । त्यसअघि उनले पार्टीका केही नेता, महाधिवेशन प्रतिनिधि, शुभचिन्तक र समर्थकहरूसँग कुराकानी गर्ने जनाइएको छ ।

उपाध्यक्ष भए नेतृत्वमा रहिरहन सहज हुने भुसालको बुझाइ छ । यद्यपी भुसालले महाधिवेशनमा आफू कुन पदमा उठ्ने भन्नेबारे मुख खोलेका छैनन् । उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेकाले सो पदबाहेक अन्य पदमा उम्मेदवारी दिन भुसाललाई सुझाव आएको उनी निकट नेताहरुको भनाइ छ ।

एमालेको १० औं महाधिवेशनमा अहिलेसम्म भीम रावलले मात्रै अध्यक्ष पदका लागि औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार