प्रधानन्यायाधीश जबराले तोके ४५४ मुद्दाको पेशी

राजपत्रमा सूचना प्रकाशन नहुँदा गोलाप्रथा सुरु हुन सकेन

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् । उनले आज ११ संयुक्त र  एकल इजलासमा ४५४ मुद्दामा पेसी तोकेका हुन् । उनले आफ्ना लागि भने कुनै पनि पेसी तोकेका छैनन् ।

प्रधानन्यायाधीश जबरासहित सर्वोच्चका सम्पूर्ण न्यायाधीशको बिहीबारको पूर्ण बैठक (फूलकोट)ले गोला प्रणालीसहित नियमावली पास गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि न्यायाधीश इजलासमा बसेर न्यायसम्पादन कार्यमा लागेका छन् । तर, उक्त नियमावली राजपत्रमा प्रकाशन नभएको कारण सर्वोच्च अदालतमा गोलाप्रथा सुरु हुन सकेको छैन ।

यता प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सोमबार पनि नेपाल बार एसोसिएसनले आफ्नो आन्दोलन जारी राखेको छ ।  आन्दोलित कानुन व्यवसायीहरू अहिले पनि ब्यानरसहित धर्ना दिइरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार