आइतबार थपिए २३८ जना कोरोना संक्रमित

नेपालमा आइतबार थप २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ८ सय ४५ पिसिआर परिक्षणका क्रममा २ सय ३२ जना र १ हजार २ सय ७८ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १४ हजार ३ सय ३३ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ९६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ३ सय ७० जना निको हुँदा हालसम्म नेपालमा ८ लाख ३ सय ५९ जना संक्रमित निको भएका छन् । हाल ७ हजार १ सय ६४ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Loading...