चितवनमा २२ जना बोकेको ट्रयाक्टर १ सय मिटर तल खस्यो, ५ को मृत्यु

पूर्वी चितवनको राप्ती नगरपालिका ११ मा ट्याक्टर दुर्घटनामा हुदाँ ५ जनाको मृत्यु भएको छ । आईतबार राती चिउरी खोलामा २२ जना सवार ट्याक्टर दुर्घटनामा हुदाँ घटनास्थलमै ५ जनाको मृत्यु भएको चितवन प्रहरीले पुष्टि गरेको छ ।

स्थानीय वडा कार्यलयको ढलान सकेका मजदुर बोकेर हिडेको टयाक्टर सडकबाट १ सय मिटर तल खसेको थियो । ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटनामा घाईतेलाई उपचारका लागि भरतपुर ल्याईएको भएपनि अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ ।

आजै चितवनको भरतपुर महानगरपालिका १९ रामपुरमा म्याजिक भ्यान दुर्घटनामा दुईजनाको मृत्यु भएको थियो भने सात जना घाईते भएका थिए ।

चितवनमा म्याजिक भ्यान दुर्घटना हुँदा दुईको मृत्यु, सात घाइते

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार