जब गाडीबाट सडकमा डलर ओइरियो…(भिडियो)

अमेरिकाको एउटा राजमार्गमा एउटा बख्तरबन्द गाडीबाट नोट झरेपछि टिप्नेको भिड लागेको भिडियो सार्वजनिक भएको छ ।

नोट खसेर राजमार्ग र वरपरको हावामा उड्न थालेपछि सर्वसाधारणले आफूले चलाएको गाडी नै रोकेर पैसा टिपेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । गाडी रोकेर पैसा टिप्न निस्कँदा केही घन्टा राजमार्ग अवरुद्ध भएको थियो ।

क्यालिफोर्नियाको सान डिएगो काउन्टीको एउटा राजमार्गमा गुडिरहेको गाडीबाट सडकमा नोट खसेको थियो । गुडिरहेको गाडीको ढोका बीच सडकमा खुल्दा नोटाका बिटा खसेका थिए । अधिकांश नोट दुईदेखि २० डलरका थिए ।

मानिसहरुले हतारमा खसेका रकम उठाएका देखिन्थे । अनधिकृत रुपमा नोट उठाएको भन्दै प्रहरीले केहीलाई गिरफ्तार गरेको छ । पैसा लिएर भागेकालाई फिर्ता गर्न प्रहरीले अनुरोध गरेको छ ।

घटनाबारे संघीय जाँच ब्यूरो (एफबीआई) ले जाँच गरिरहेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार