माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको डेबिट कार्डको सुरुवात

माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको सुरुवात गरी एउटा सुमधुर व्यापारिक सम्बन्धको स्थापना भएको छ । उक्त सहकार्यको औपचारिक कार्यक्रम नेपाल विद्मुत प्राधिकरण,रत्नपार्कको प्राङ्गणमा भएको हो । सोही कार्यक्रममा नेपाल विद्मुत प्राधिकरणका तर्फबाट उप कार्यकारी निर्देशक अर्थ श्री डिल्लि रमण दाहाल, श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्री लोकेन्द« बहादुर साउद र बैंकका तर्फबाट नायब महाप्रबन्धक श्री सर्जु कुमार थापाले संयुक्त रुपमा औपचारिका उद्घाटन गरेका हुन्

नेपाल विद्मुत प्राधिकरणका कर्मचारीहरुले स्थापना गरेका यस श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका ग्राहकहरुले यस सहकार्यको मद्दतले अब डेबिट कार्ड प्रयोग गर्न सक्नु हुनेछ । समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोग अब बैंकिङ्ग क्षेत्रमा मात्र सिमित नरहि सहकारीहरु पनि उक्तिकै प्राथमिकतामा राख्न थालेका छन् । अब यसले अवश्य पनि डिजिटल क्षेत्रलाई प्रोत्साहित गरी बैंकिङ्ग कारोबार अझ सहज र सुदृढ हुने विश्वास छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार