सुर्खेतबाट काठमाडौंका लागि छुटेको बस लमहीमा दुर्घटना, २९ जना घाइते

७ जनाको अवस्था गम्भिर

सुर्खेतबाट काठमाडौंका लागि छुटेको बस दाङको लमहीमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । दुर्घटनामा ७ जना गम्भिर घाइते भएका छन् ।

कर्णाली प्रदेश ०२-००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका-३ नारायणपुरमा आइतबार बिहान १ः४५ बजे दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

गम्भीर घाइतेहरूलाई बाँकेको कोहलपुर पठाइएको र अन्य घाइतेहरुको लमही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको नाम ठेगाना भने खुल्न सकेको छैन ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । बसको पट्टा भाँचिएपछि अनियन्त्रित भइ बस पल्टिएको चालकको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार