ओलीले संविधान कार्यान्वयनलाई कमजोर बनाएका कारण बलियो गठबन्धन बन्यो: अर्थमन्त्री शर्मा

अर्थमन्त्री एवम् माओवादी नेता जनार्दन शर्माले संविधान कार्यान्वयनलाई कमजोर बनाउन खोजिएको कारण नै बलियो गठबन्धन सरकार निर्माण भएको बताएका छन् ।

शनिबार माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेश समितिले काठमाडौंमा गरेको कार्यक्रममा शर्माले संविधान कार्यान्वयनलाई केपी ओलीले कमजोर बनाएका कारण नै बलियो गठबन्धन सरकार निर्माण भएको बताएका हुन् ।

उनले मुलुकमा राजनीतिक स्थायीत्व कायम गर्न र संविधानलाई सहि ट्रयाकमा ल्याउन माओवादी र माओवादी अध्यक्ष प्रचण्डले नेतृत्वदायी भूमिका खेलेको जिकिर गरे । शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, संविधानको कार्यान्वयन र मुलुकको समृद्धि नै गठबन्धनको साझा कार्यक्रम भएको बताए । उनले मुलुक संघीयतामा गईसकेको अवस्थामा कसैले अव कसैले यसलाई कमजोर पार्न नसक्ने धारणा राखेका छन् ।

कार्यक्रममा मन्त्री शर्माले मुलुकमा भएको परिवर्तनलाई जोगाउनका लागि सकारात्मक भूमिका खेल्न सञ्चारकर्मीहरुलाई आग्रह गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार