एमाले महाधिवेशनमा देश विदेशमा निम्तो, माधव नेपाललाई निषेध

नेकपा (एमाले) ले आगामी महाधिवेशनको उद्घाटन सत्रमा देश तथा विदेशका प्रतिनिधिलाई आमन्त्रण गरेको छ । तर भर्खरै एमालेबाट बिभाजन भएको माधवकुमार नेपाल नेतृत्व नेकपा (एकिकृत समाजबादी) लाई भने निषेध छ । एमालेलेनेपालको पार्टी अवैध भएको भन्दै नबोलाउने भएको हो ।

यस्तै पार्टीले पार्टीसँग भाइचारा तथा मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टी र दक्षिण एसियाका सत्तारूढ एवं विपक्षी दलका प्रतिनिधिलाई आमन्त्रण गरेको छ ।

यसैक्रममा शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगी प्रधानमन्त्री देउवालाई एमालेका संसदीय दलका नेता सुवास नेम्वाङ र महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा राजन भट्टराईले उद्घाटन समारोहमा आतिथ्यका लागि निमन्त्रणापत्र हस्तान्तरण गरेको थिए ।

एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गते चितवनमा हुँदैछ । उनका अनुसार एमालेले उद्घाटन समारोहमा आतिथ्यका लागि नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) नेपाल मजदुर किसान पार्टीलाई पनि निमन्त्रणा गरेको छ ।

आजै महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा.भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलाई समेत निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन् ।

प्रचार विभाग उपप्रमुख थापाले चाँडै नै जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य सबै पार्टीलाई महाधिवेशनका लागि निमन्त्रणा गर्ने जानकारी दिएका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार