चालकले रोकेर राखेको जिप अन्य व्यक्तिले चलाउँदा दुर्घटना भई बालकको मृत्यु

६ जना घाइते

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । शुक्रबार बिहान ११ बजेतिर भएको उक्त दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा तमानखोला गाउँपालिका वडा नम्बर २ का कृष्ण विकको छोरा ८ वर्षीय जोन सिर्पाली रहेका छन् ।

बुर्तिबाङ बजारको तारिखेत जाने झोलुङे पुल नजिकै रोकिरहेका ग२च ५९८० नम्बरको पिकअप डाईभर भन्दा अर्का व्यक्तिले चलाउँदा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक जयराम वन्तले बताए । चालक केर बहादुर विक नजिकैको पसलमा सामान राख्न बाहिर निस्किएको अवस्थामा स्थानीय नमबहादुर मल्लले चलाउन खाजेपछि दुर्घटना भएको हो । चालकले चाबी गाडीमै राखेको र मल्लले गाडी चलाउन सिक्न खोज्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनामा ढोरपाटन नगरपालिका १ का ५८ वर्षीय नरकितव सुनार, ६ का ३० वर्षीय विष्णु प्रसाद सापकोटा, ५ का ४७ वर्षीय सर्केनी घर्ती, ५ कै ५० वर्षीया नरमला घर्ती, १ का ४८ वर्षीय लेविन्द्र कुवर र ७ का ९ वर्षीय आकाश घर्ती घाइते भएका छन् ।

घाइते सबै जनाको अहिले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा अपचार भैरहेको छ । उक्त गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार