सरकारले पतञ्जलिलाई जग्गा उपलब्ध गराउँछ: प्रधानमन्त्रीले देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलिलाई जग्गा उपलब्ध गराउने बताएका छन् ।

काठमाडौंमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पतञ्जलिलाई सहयोग गर्न सरकार तयार रहेको बताउँदै जग्गा उपलब्ध गराउने जानकारी दिए ।

‘नेपाल सरकार पूरा सहयोग गर्न तयार छ । यो नन प्रोफिट संस्थालाई सरकारले जग्गा उपलब्ध गराउँछ’, प्रधानमन्त्री देउवाले भने ।

योग आर्युवेदका लागि गरेको अथक प्रयासका लागि रामदेवलाई नेपाल सरकारका तर्फबाट धन्यवाद दिएका प्रधानमन्त्री देउवाले रामदेव र आचार्य बालकृष्णलाई नेपाल आइरहन अनुरोध गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार