बार परिसरमै घुसेर वकिहरूलाई धम्की दिने दुई जना पक्राउ

अन्य दुई जना फरार

प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा आन्दोलनरत नेपाल बार एसोसिएसन आबद्ध कानुन व्यवसायीलाई धम्काउने दुई जना पक्राउ परेका छन् ।

बिहिबार बार एसोसिएसनमा गएर आन्दोलनरत कानुन व्यवसायीलाई धम्काएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बौद्धका तीर्थ ढकाल र मुलपानीका सीताराम श्रेष्ठ रहेका छन् ।

बिहीबार कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका बेला चारजना युवा बार परिसरभित्रै पसेर मुख छाडेका थिए । अन्य दुई जना भने फरार रहेको प्रहरीले जनाएको छ ।

बौद्धबाट राति पक्राउ परेका दुवैलाई टेकुस्थित थुनामा राखेर अनुसन्धान जारी राखिएको काठमाडौं प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए । आन्दोलनरत कानुन व्यवसायीलाई योजनाबद्ध रुपमा धम्की दिइएको हो वा अन्य कारण भनेर प्रहरीले अनुसन्धान गरिरहेका छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार