३ हजार १२५ वटा नमुना परिक्षणमा ३०३ जनामा कोरोना संक्रमण

नेपालमा आइतबार थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिललो २४ घण्टामा ३ हजार १२५ वटा नमुना परिक्षण गर्दा ३०३ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार २८ पुगेको छ ।

त्यस्तै थप १४१ जना संक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म दुई लाख ७४ हजार २७ जना कोरोनामुक्त भएका छन् ।

गत २४ घण्टामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म तीन हजार ४० जनाले कोरोनाका कारण ज्यान गुमाइ सकेका छन् । हाल नेपालमा २ हजार ९६१ जना आइशोलेशन र ८३ जना क्वारेन्टाइनमा छन् । त्यस्तै २३ लाख १२ हजार ९०१ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार