‘ई–सेवाको कारोबार, सुनै सुनको बहार’ योजनाका विजेतालाई उपहार प्रदान

ई–सेवाले ‘ई–सेवाको कारोबार, सुनै सुनको बहार’का बिजेतालाई उपहार प्रदान गरेको छ । काठमाडौंमा एक कार्यक्रमबीच ई–सेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले उपहार हस्तान्तरण गरेका हुन् ।

उक्त योजनामा ५ जनाले एकरएक तोला सुन, १८ जनाले ल्यापटप, २२ जनाले एण्ड्रोइड मोबाईल, ५१ जनाले २५ हजार रिवार्ड पोइन्ट, ३ सय ४ जनाले १० हजार रिवार्ड पोइन्ट, ८ सय १६ जनाले ५ हजार रिवार्ड पोइन्ट प्राप्त गरेका छन् ।

ई–सेवामा आबद्ध भई कारोबार गरिरहेका सम्पूर्ण एजेन्ट नेटवर्कलाई मध्यनजर गर्दै इ–सेवाले बोनस रिवार्डका साथै ल्याप्टप, मोबाइल देखि सुनसम्म जित्न सकिने बम्पर अफर ल्याएको थियो ।

योजना २०७६ फागुन १ गतेदेखि चैत ३० गतेसम्म र २०७७ कात्तिक १५ गतेदेखि माघ ३० गतेसम्म सञ्चालन भएको थियो । सो योजनामा १ लाख भन्दा बढी ई–सेवा एजेन्टहरुले सहभागिता जनाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार