प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट बैठक सुरू

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) सुरु भएको छ । सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीका अनुसार केहीबेर अघिबाट फुलकोर्ट जारी रहेको छ ।

बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूचि छ । यसअघि प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट बहिष्कार गरेर बसेका असन्तुष्ट १८ जना न्यायाधीश पनि आजको बैठकमा सहभागी रहेकाे बताइएको छ ।

नेपाल बार एसाेससएसनले भने जबराले राजीनामा नदिएसम्म इजलासमा बहस गर्न नजाने निर्णय गरिसकेको छ । आज पनि अदालत परिसरमा बारले धर्ना जारी राख्नुका  साथै  जबरालाई बल पुग्ने कुनै कार्य  न्यायाधीशहरूले गरे स्वीकार्य नहुने चेतावनीसमेत दिएकाे छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार