मारुती र अर्घाखाँची सिमेन्ट गुणस्तरहीन बिक्री वितरण बन्द गर्ने 

नापतौल तथा गुणस्तर विभागले मारुती सिमेन्ट विक्री गर्न रोक लगाउने तयारी गरेको छ । लामो समयदेखि गुणस्तरहीन सिमेन्ट विक्री गदै आएको भेटिएपछि यसलाई बिक्रीवितरणमा रोक लगाउने तयारी भएको स्रोतले बताएको छ ।
बुधबार सिमेन्टलाई विक्री वितरणमा रोक लगाउने गरि नियामक निकायमा पत्राचार गर्ने तयारी भएको स्रोतको भनाई छ । यस विषयमा टिभी अन्नपूर्णसँग कुराकानी गदै नापतौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ३ वटा सिमेन्टमा समस्या देखिएकाले कारबाहीको तयारी भएको बताए पनि कुन सिमेन्ट भन्ने खुलाउन चाहेनन् ।
स्रोतले भने सिमेन्टको गुणस्तरमा समस्या देखिएकाले बजारमा पठाएको मारुती सिमेन्टलाई समेत फिर्ता ल्याउन निर्देशन दिने तयारी भएको दाबी गरेको छ । यस्तै अर्घाखाँची सिमेन्टमा समेत समस्या देखिएको तर यसलाई लुकाउन उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका पशुपति मुरारक्काले विभिन्न शक्तिकेन्द्र धाएकाले तत्काल बाहिर नआएको समेत बुझिएको छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार