सर्वोच्च परिसरमा कानून व्यवसायीमाथि प्रहरीको बल प्रयोग

प्रहरी र वकिलबीच धकेलाधकेल

प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै आन्दोलित नेपाल बारका वकिलहरुले बिहीबार पनि सर्वोच्च अदालतमा धर्ना दिएका छन् । सो क्रममा प्रहरी प्रहरीले बल प्रयोग गरेको छ ।

प्रधानन्यायाधीशलाई अदालत प्रवेशमै अवरोध गर्नेगरी धर्नामा बसेका वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि प्रहरी र वकिलहरुबिच धकेलाधकेल भएको छ ।

सर्वोच्च अदालत परिसरमा बिहीबार अरु दिनको तुलनामा थप प्रहरी परिचालन गरिएको छ । बारको मंगलबार साँझ बसेको बैठकले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध थप आन्दोलनको घोषणा गरेका थियो ।

Loading...