शिवपुरी निकुञ्जमा लागेको आगो निभाउन हेलिकप्टरको प्रयोग

Sunrise Bank Middle Size

काठमाडौंको नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको आगो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गरिएको छ ।

बुढानिलकण्ठ नगरपालिका-१ को जंगलमा लागेको आगलागी नियन्त्रणबाहिर गएपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर नियन्त्रणमा लिने प्रयास गरिएको हो ।

आगलागी भएपछि नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल आगो नियन्त्रणका लागि पुगेको थियो । आगलागी बिहान १० बजदेखि सुरु भएको थियो ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...