डडेल्धुरा कांग्रेसले सानेपामा सुरू गर्‍यो अनसन

फेरि अधिवेशन गर्न माग

डडेल्धुराको वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने माग गर्दै जिल्ला सभापति कर्णबहादुर मल्लसहित नेताहरु नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा अनसनमा बसेका छन् ।

सभापति शेरबहादुर देउवा पक्षले एकतर्फी रुपमा वडा र पालिका अधिवेशन गरेको भन्दै जिल्ला सभापति मल्ल पक्षले पुनः अधिवेशन माग गर्दै आएको छ । सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका असन्तुष्ट कांग्रेस नेता कार्यकर्ताले रिले अनसन सुरू गरेका हुन् ।

अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज हुनुपर्ने र हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने माग उनीहरूको माग छ ।

यस्तै वडा तथा पालिका अधिवेशन एकलौटीरूपमा सभापति देउवा पक्षले गरेकोले त्यो बदर हुनुपर्ने माग उनीहरूको छ । जिल्लाको सिफारिस बिनै केन्द्रबाट क्रियाशील सदस्यता थप गरिएको भन्दै सभापति मल्ल पक्षले अधिवेशन बहिस्कार गरेको थियो । तर निर्वाचन समितिले भने अधिवेशन प्रक्रिया अगाडि बढाएपछि जिल्ला मल्ल पक्ष अन्दोलनमा उत्रिएको हो ।

११ दिन जिल्ला पार्टी कार्यालयमा अनसन बन्दा पनि सुनुवाइ नभएको भन्दै उनीहरु मंगलबार काठमाडौं आएर बुधबारदेखि अनसन सुरु गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार