थप ४१२ जनामा कोरोना संक्रमण, २०२ संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १० हजार १०६ र एन्टिजेन विधिबाट १ हजार ८८७ नमुना परिक्षण गर्दा ४१६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १८ हजार ३५ र एन्टिजेनबाट ९५ हजार २२३ जना पुगेको छ ।

यस्तै, आज थप २०२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९८ हजार ९१६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४८३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६३६ रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार