मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राइले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री राईले विश्वासको मत लिएका हुन् ।

आजको मतदान बैठकमा ७९ जना सांसद उपस्थित थिए । जसमध्ये मुख्यमन्त्री राइले पेस गरेको विश्वासको मतको पक्षमा ५० मत परेको छ भने विपक्षमा २९ मत मात्र परेको छ ।

प्रदेशसभामा कुल ९२ जना सांसद छन् । प्रतिपक्षी एमालेको सभामुखसहित ४१ सांसद छन् । यता विपक्षी गठबन्धनमा आवद्ध दल कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा ९एकीकृत समाजवादी०का १० र जनता समाजवादीका तीन जना गरी ४९ जना सांसद छन् । प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

योसँगै सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री राईले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत परेको र सो मत बहुमत रहेकाले मुख्यमन्त्री राईले प्रदेशसभाबाट विश्वासको मत पाएको घोषणासमेत गरेका छन् ।

तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि विपक्षी गठबन्धनमा आवद्ध नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार गठन भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार