कलङ्कीमा बसले पठाओ स्कुटरमा ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौंको कलङ्कीमा पठाओ स्कुटर दुर्घटना हुँदा चालक र यात्रु दुवै जनाको मृत्यु भएको छ ।

कलङ्कीको सिता पेट्रोल पम्प नजिक अपराह्न पौने पाँच बजे ओम जनता यातायातको बसले पठाओ स्कुटरलाई ठक्कर दिँदा दुवै जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

मृत्यु हुनेमा धादिङ घर भई हाल थानकोट बस्दै आएका अन्दाजी ३५ वर्षका स्कुटर चालक रामबहादुर आचार्य र बाँके घर भई हाल इमाडोल बस्दै आएका ५२ वर्षका यादवकुमार शाह रहेका छन् ।

कलङ्कीबाट बल्खुतर्फ जाँदै गरेको प्रदेश ०३–०२–०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरीत दिशा बल्खुबाट कलङ्कीतर्फ आइरहेको प्रदेश ०३–०१–००५ ख ९३०० नम्बरको भाडावाला बसले ठक्कर दिएको थियो । बस र स्कुटर महानगरीय प्रहरी वृत्त कालीमाटीको नियन्त्रणमा रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार