इन्दुकाे अर्धशतकमा नेपालले कतारलाई दियो १४७ रनको लक्ष्य

पहिलो टी-२० अन्तराष्ट्रियमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारलाई १ सय ४७ रनको लक्ष्य दिएको छ ।

दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनायो ।

नेपालका लागि इन्दु वर्माले अर्धशतकीय इनिङ्स खेलिन् । इन्दु ४७ बलमा ५५ रन बनाइन् । टी-२० अन्तराष्ट्रियमा इन्दुको यो पहिलो अर्धशतक हो । टी-२० अन्तराष्ट्रियमा अर्धशतक बनाउने उनी पहिलो नेपाली महिला खेलाडीसमेत बनिन् ।

यस्तै, सिता राना मगरले ३९ रन जोडिन् । सरिता मगर २१ रनमा आउट हुँदा काजल श्रेष्ठले ३ रन जोडिन् । कविता कुँवर ८ रनमा रहिन् ।

कतारकी सबिजा पानायन र एन्जेलिन मारेले एकरएक विकेट लिईन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार