टिकटक बनाउन कर्णाली नदीमा हामफालेका सञ्जय बेपत्ता

कैलालीको चिसापानीमा शनिबार घुम्न गएका तीन जना युवाले पुलबाट कर्णली नदीमा हाम्फाल्दा एक जना बेपत्ता भएका छन् भने दुई जनाको उद्धार गरिएको छ ।

ब्राईट फ्युचर एकेडेमी लम्कीमा कक्षा १० मा अध्ययनरत आठ जना युवाहरु शनिबार सँगै घुम्न निस्केका थिए । सोही क्रममा टिकटक बनाउन भन्दै तीन जना नदीमा हाम फालेको र दुई जनाको सकुशल उद्दार गरिएपनि एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

हाम्फालेकामध्ये लोकेश प्याकुरेल र विरेन्द्र सिंहको उद्धार गरिएको छ भने सञ्जय खड्का बेपत्ता भएका छन् । हाम फाल्नेमध्ये वीरेन्द्र सिंह पौडिएर निस्केका थिए । सिंहले आफू पौडी खेल्न जान्ने भएकाले साथीलाई बचाउन हाम्फालेको प्रहरीलाई बताएको जनाइएको छ । पौडी खेल्न जान्ने भए पनि घोप्टो पर्दा छातीमा चोट लागि पानीभित्र निसास्सिएर पौडिन नसकी डुबेको हुनसक्ने प्रहरीको अनुमान छ ।

नजिकै र्याफ्टिङमा रहेका र प्रत्यक्षदर्शी स्थानीयले तुरुन्त प्रहरीलाई खबर गरेपछि डुबेको केही समयमै लोकेशको उद्धार गरिए पनि सञ्जय भने डुबेका डुब्यै भएका थिए ।

उद्धार गरिएका प्याकुरेलको नाकमुखबाट रगत आएकाले स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार