सर्वोच्चका ६ न्यायाधीश नियमित काममा फर्किए

सर्वोच्च अदालतका ६ जना न्यायाधीश नियमित काममा फर्किएका छन् । न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ, प्रकाश ढुंगाना, कुमार चुडाल र मनोजकुमार शर्मा नियमित काममा फर्किएका हुन् । उनीहरुले बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य मुद्दाहरु पनि हेरेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मंगलबार ८ वटा संयुक्त इजलास र २ वटा एकल इजलाश तोकेका छन् । न्यायाधीशद्वय ढुंगाना र चुडालले भने बन्दीप्रत्यक्षीकरण मात्रै मुद्दा हेरेका छन् । श्रेष्ठ र शर्माको इजलासले चारवटा मुद्दाको सुनुवाइ गरेर आदेश दिएको छ ।

नेपाल बार एसोसिएसनले असन्तुष्ट न्यायाधीशसँग छलफल गरिरहेका बेला ६ जना न्यायाधीश इजलास फर्किएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार