तीन महिनामा एक अर्बले बढ्यो नेपाल टेलिकमको आम्दानी

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल टेलिकमको सञ्चालन आय १ अर्ब १३ करोड रुपैयाँले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको तुलनामा कम्पनीको आम्दानी एक अर्बले बढेको हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा टेलिकमले ८ अर्ब ६३ करोड रुपैयाँ आम्दानी गरेको थियो । जुन, यो वर्षको पहिलो त्रैमासमा ९ अर्ब ७७ करोड रुपैयाँमा पुगेको हो ।

यस्तै गएको आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब ५१ करोड ७७ लाख रुपैयाँ खुद नाफा रहेकोमा यो वर्षको तीन महिनामा ४८ दशमलव ९० प्रतिशतले बढेर दुई अर्ब २५ करोड ९९ लाख रुपैयाँ पुगेको टेलिकमले जनाएको छ ।

साउन, भदौ र असोजमा गत वर्षभन्दा ७४ करोड २१ लाख रुपैयाँ धेरै नाफा भएको कम्पनीको रिपोर्टमा उल्लेख छ ।

फोर जी आयोजना विस्तार भएसँगै ग्राहक बढेका, मोबाइल डाटा, भ्वाइस, एसएमएस सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि भएको, फाइबर टु दि होमका ग्राहक बढेका, कोरोना विरुद्धको खोप लगाउने क्रम तीव्र हुँदा कम्पनीका आयोजनाहरु तथा सेवा वितरणमा सहजता आएको लगायतका कारणले टेलिकमको आय तथा नाफा बढेको टेलिकमले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार