प्रधानन्यायाधीशले घरबाटै तोके १० इजलासमा २७९ मुद्दाको पेसी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबार घरबाट १० इजलास गठन गरेका छन् । सहकर्मी न्यायाधीश र नेपाल बार एसोसिएसनको आन्दोलनका कारण प्रधानन्यायाधीश जबराले आफ्नै सरकारी निवासबाट १० इजलास गठन गरेका हुन् ।

उनले १० इजलासमा २७९ मुद्दाको पेसी तोकेका छन् । जबराको राजीनामा मागेर बार निरन्तर आन्दोलनमा छ । जबरालाई कार्यालय प्रवेशमा रोक लगाउने गरी भएको बारको धर्नालाई छलेर प्रधानन्यायाधीश आइतबार र सोमबार कार्यालय प्रवेश गरेका थिए ।

कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाएर बार र सहकर्मी न्यायाधीश आन्दोलनमा उत्रिएका हुन् । सोमबार प्रधानन्यायाधीश जबराले संवाद र वार्तामार्फत समाधान खोज्न गरेको आह्वानलाई बारले अस्वीकार गरेको छ । उसले जबरासँग वार्ता नगर्ने बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार