बन्दमा पनि रोकिएन नेपाल बारको आन्दोलन, सर्वोच्च परिसरमा धर्ना सुरु

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एशोसिएशन नेपाल बन्दमा पनि धर्नामा उत्रिएको छ ।

२३ दिनदेखि आन्दोलनरत बारले आज मंगलबार बिहान सर्वोच्च अदालतमा धर्ना सुरु गरेका छन् । आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको नेपाल बन्द रहे पनि बारले आन्दोलनरतलाई निरन्तरता दिएको हो ।

उनीहरु प्रहरीको घेरा तोडेर मूल गेटसम्म पुगेका छन् । मूल गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई रोकेका छन् । सर्वोच्च परिसरमा अघिल्ला दिनहरुमा जस्तै प्रहरीको तैनाथी बढाइएको छ ।

प्रधानन्यायाधीश जबराले सोमबार मात्र वक्तव्य जारी गर्दै विधिसम्मत वार्ताका लागि आह्वान गरेका थिए । तर नेपाल बारले भने उक्त प्रस्ताव नै अस्वीकार गर्दै आन्दोलनलाई निरन्तरता दिएको छ ।

सर्वोच्चका न्यायाधीश पनि जबराले मार्गप्रशस्त गर्नुपर्ने मागसहित इजलासमा बसेका छैनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार