वायु सेवा निगमका महाप्रबन्धक पौडेललाई मन्त्रालयमा तानियो

नेपाल वायु सेवा निगमको महाप्रबन्धक डीम प्रकाश पौडेल मन्त्रालयमा तानिएका छन् । कात्तिक ८ गतेको मन्त्रीस्तरीय निर्णयले  उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा तानेको हो ।

पौडेललाई मन्त्रालयमा नागरिक उड्डयनको विज्ञका रुपमा काम गर्ने गरी निगमको जिम्मेवारीबाट मन्त्रालयमा हाजिर गराइएको हो । नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्षका रुपमा युवराज अधिकारी नियुक्त भएपछि पौडेल भूमिका विहिन भएका थिए ।

उनी चार वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् । पौडेलले नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा रुपान्तरण गर्ने प्रक्रिया शुरु गरेपछि उनलाई कर्मचारीले कार्यालय प्रवेशमै रोक लगाएका थिए ।

मन्त्रालयमा तानिए पनि उनी नेपाल एयरलाइन्समा सञ्चालक समिति सदस्यको हैसियतमा भने रही रहनेछन् । मन्त्रिपरिषदबाट नियुक्त भएका कारण सञ्चालक समिति सदस्यको अधिकार भने उनीसँग रहन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार