आँट नभएकाहरु एमालेको ढोका बाहिर रोइकराई बसिरहेका छन् : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आँट नभएकाहरू एमालेको ढोका बाहिर रोइकराई बसेको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौँमा आयोजित अखिल नेपाल किसान महासंघको राष्ट्रिय समिति घोषणा सभामा अध्यक्ष नेपालले एमालेको ढोका बन्द गरिएपछि आफूहरूले नयाँ ढोका खोलेको भन्दै अहिले पनि आँट नभएकाहरू एमालेको ढोकामा रोइकराई बसेको टिप्पणी गरेका हुन् ।

उनले आँट भएकाहरू नयाँ संगठन बनाएर अघि बढेकाले आफूहरूले नयाँ बाटो रोजेको बताए । नेपालले कृषि क्षेत्रमा मात्रै नभई राजनीतिमा पनि लुटेरा प्रवृत्ति हुर्किरहेको धारणा राखे । त्यस्तै उनले किसानको हित र कल्याण गर्नु नै आफूहरूको राजनीतिको मूल विषय भएको जिकिर गरेका छन् । कृषिमा आधारित वस्तुको उत्पादनलाई बढवा दिन भू उपयोग नीतिको तर्जुमा गर्नु जरुरी रहेको उनको भनाई छ ।

कार्यक्रममा अध्यक्ष नेपालले अखिल नेपाल किसान महासंघको पदाधिकारीलाई शपथ खुवाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार