डिसहोम टिभीको रिचार्ज गर्दा १० एमबीपीएस गतिको इन्टरनेट निःशुल्क

डीटीएच सेवाप्रदायक कम्पनी डिसहोमले ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ । कम्पनीले यसअघि नै बजारमा ल्याएको ‘लाइफ स्टाइल’ लाई पुनः निरन्तरता दिँदै डिसहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिसहोम फाइबरनेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो ।

गत साउनदेखि रोकिएको यो प्याकेज आइतबारदेखि पुनः सञ्चालनमा ल्याइएको डिसहोमका जेनरल म्यानेजर रमेश सापकोटाले बताए । यसअन्तर्गत ग्राहकले १ महिनाका लागि ६ सय रूपैयाँ (भ्याटसहित) मा डिसहोम टिभीको रिचार्ज गर्दा १० एमबीपीएस गतिको इन्टरनेट निःशुल्क पाउनेछन् ।

त्यस्तै वार्षिक ग्राहकले मासिक साढे ५ सय रुपैयाँ (भ्याटसहित) मा डिसहोम रिचार्ज गर्दा निःशुल्क इन्टरनेट प्राप्त गर्नसक्ने छन् । डिसहोमका २० लाख ग्राहकसँगै नयाँ कनेक्सन लिएका सबैले यो सुविधा पाउनेछन् । हाल देशका मुख्य सहरहरूमा डिसहोमको फाइबरनेट सेवा पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार