प्रदेश अधिवेशनका लागि कांग्रेसले तोक्यो सातै प्रदेशमा संयोजक र अधिवेशन स्थान

नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन अन्तर्गत सातवटै प्रदेशको महाधिवेशन हुने स्थान तोकेको छ । आज बूढानिलकण्ठमा बसेको केन्द्रीय समिति बैठकले अधिकांश प्रदेशको अधिवेशन सम्बन्धित प्रदेशको राजधानीमा नै हुने गरी तोकेको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रदेश–१को विराटनगर, प्रदेश–२को जनकपुर, बागमति प्रदेशको हेटौडा, गण्डकीको पोखरा, कर्णालीको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको कैलालीमा महाधिवेशन हुने छ भने लुम्बिनी प्रदेशको महाधिवेशन भने राजधानी दाङ भए पनि बुटवलमा गरिने भएको छ ।

त्यस्तै, बैठकले प्रदेश समितिको अधिवेशनका लागि सातवटै प्रदेशमा संयोजक पनि तोकेको छ । बैठकले प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुलाई संयोजक तोकेको हो । प्रदेश अधिवेशन मंसिर १६ र १७ गते तोकिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार