थप ३०६ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

नेपालमा आइतबार थप ३०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८ हजार ८ र एन्टिजेन विधिबाट १ हजार ५९८ जनामा परिक्षण गर्दा ३०६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १६ हजार ९६६ र एन्टिजेनबाट ९५ हजार ८७ जना पुगेको छ ।

यस्तै, आज थप ३४८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९८ हजार २७४ जना पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या ११ हजार ४७७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २१५ रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार