घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ आज ?

नेपाली बजारमा आइतबार सुनको मूल्य चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएकोसुनको मूल्य आज चार सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय रुपैयाँ रहेका छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५० रुपैयाँ रहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य १ हजार २७५ रुपैयाँ निर्धारण गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार