रोल्पा जिप दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

रोल्पामा आइतबार बिहान भएको यात्रुवहाक जिप दुर्घटनाका मृतकको पहिचान खुलेको छ ।

दुर्घटनामा मृत्यु हुनेमा जिप धनी एवं चालक माडी गाउँपालिका–६ हान्निङ छेडाका ५१ वर्षीय लुद्र घर्ती, सोही स्थानकी ४५ वर्षीया चौसरा विक र मिसिडाँडाका वर्ष ५५ का टेकबहादुर पुन (टंकलाल) छन् ।

उनीहरूको घटनास्थल मै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार सोही घटनामा विना घर्ती, लिला पुन र पञ्चना कामी घाइते भएका छन् ।

रा १ ज ३८२ नम्बरको जिप माडी गाउँपालिका–६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँतर्फ जाँदै गर्दा आइतबार बिहान ११ बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार