वकिलहरूको अवरोधकै बीच सर्वोच्च छिरे प्रधान्यायाधीश राणा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च प्रवेश गरेका छन् । महान्यायाधीवक्ताको कार्यालय गेटबाट प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत छिरेको त्यहाँ रहेका हाम्रा सहकर्मी प्रशान्त वलीले जानकारी दिएका छन् ।

जबरालाई अदालत प्रवेशमा रोक लगाउन कानुन व्यवसायीहरु आइतबार बिहानैदेखि मुल गेटमा धर्ना बसेका थिए । उनीहरुलाई छलेर प्रधानन्यायाधीश वैकल्पिक बाटोबाट सर्वोच्च प्रवेश गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार