प्रधानन्यायाधीश जबराविरुद्ध आज पनि वकिलहरुको धर्ना

सर्वाेच्चकाे दुवै गेटमा धर्ना दिने

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार पनि वकिलहरुले प्रदर्शन गरेका छन् । आइतबार बिहान नेपाल बार एसोसिएसनको अगुवाईमा वकिलहरुले बारको केन्द्रीय कार्यालय अगाडि कालो पट्टि बाँधेर धर्ना दिइरहेका छन् ।

शुक्रबार गेटमा कानून व्यवसायीहरूले धर्ना दिएपछि प्रधानन्यायाधीश जबरा अर्को गेटबाट सर्वोच्च अदालतभित्र प्रवेश गरेका थिए । आज वैकल्पिक गेटमा पनि धर्ना दिने कानून व्यवसायीहरूले बताएका छन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारले दुई सातादेखि धर्ना दिँदै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार